काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले करारमा कर्मचारी माग गरेको छ ।
समितिले आज एक सूचना जारी गर्दै समितिको दैनिक कार्य सञ्चालनका पदपूर्ति लागि दरखास्त माग गरेको हो । समितिले सात जना कर्मचारी माग गरेको छ भने योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि २१ दिनभित्र समितिको कार्यालयमा आवेदन पेस गर्न समितिले जनाएको छ ।
