१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघको आक्रमणबाट महिलाको मृत्यु

अ+ अ-

काठमाडौँ। बर्दियाको ठाकुरबाबा नगरपालिका-७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको छ । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जंगलभित्र पुर्‍याएको थियो ।

घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए । टोली पुगेपछि बाघ शवलाई छाडेर जंगलतर्फ भागेको बताइएको छ । यद्यपि, स्थानीयवासीले बाघ नियन्त्रण र उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन अस्वीकार गरेका छन् ।

बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ । घटना सामुदायिक वन क्षेत्रमा भएकाले क्षतिपूर्ति दिने प्रक्रिया अझै अन्योलमा रहेको जनाइएको छ ।

गएको साउनयता बर्दियामा हात्ती, गैँडा र पाटे बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेका अनुसार यस क्षेत्रका वन्यजन्तु र मानवीय क्रियाकलापबिचको बढ्दो संघर्षले जनजीवनलाई त्रसित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस