२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल काँग्रेसकै नेताले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले ले संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चलाउन खोज्नु गलत भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनको भनाइ छ । बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै नेता साउदले तत्काल संसद्को अधिवेशन बोलाउन पनि माग गरे ।

अध्यादेशमार्फत ल्याइएका विधेयक सर्वस्वीकार्य नहुने औँल्याए । ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐन बनाइरहेको छ, जुन संविधानसम्मत छैन यस विषयमा चौतर्फी विरोध भइरहेका छन् यसले राम्रो सन्देश गइरहेको छैन,’ उनले भने ।

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने धारणा राखे । ‘प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमति विपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

साउदले दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासासमेत आइरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए ।

संविधान संशोधनसम्बन्धी सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्ने समय भइसकेको जिकिर गरे । हरेक १० वर्षमा संविधानका कुरा परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।