काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ ।
आयोगले आइतबार एक सूचना जारी गर्दै माध्यमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले २०८१ पौष २६ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।








