Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जापानमा हथौडा आक्रमणमा परी कम्तीमा आठ जना घाइते


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रवार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । 

प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा शुक्रवार दिउँसो आक्रमण भएको थियो । 

जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ । एफएनएनका अनुसार आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए ।

जापानमा हिंसात्मक अपराधको दुर्लभ यस घटनाको बारेमा प्रहरीले एएफपीसँग तत्काल घटनाको बारेमा विस्तृत विवरण प्राप्त भई नसकेको जनाएको छ । जापानमा बन्दुक नियन्त्रणका लागि कडा कानुन छ।

एनएचकेको लाइभ फुटेजमा जापानको राजधानीको उपनगरीय माचिडा जिल्लामा रहेको क्याम्पसमा आपतकालिन सवारी साधनहरूको लाइन लागेको र साइरेनसहित रातो निलो बत्ती चम्किरहेको देखिएको छ ।

जापानमा सन् २०२२ मा पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यालगायत बेलाबेलामा छुरा प्रहार र कहिलेकाहीँ गोली हानाहानका घटनासमेत हुने गरेको छ ।

गत डिसेम्बरमा जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको म्याकडोनल्ड रेस्टुरेन्टमा एक जुनियर हाई स्कुलका विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको थियो भने अर्का एक जना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको थियो ।

सन् २०१९ मा जापानको कावासाकी शहरमा एक जना स्कुले छात्रासहित दुई जनाको छुरा प्रहार गरी हत्या गरिएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । उक्त घटनामा ५१ वर्षीय आक्रमणकारीले बालबालिकाको एक समूहमाथि प्रहार गरेका थिए भने घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानपछि पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस