Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्राथमिकता निर्धारण गरेर ७२० जना शिक्षकलाई तालिम दिँदै काठमाडौँ महानगर, एसइई नतिजा सुधार गर्ने लक्ष्य


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।

‘टिचर कलेज कार्यक्रम’अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको हो । माघ ३ गते सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ । तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्युआर कोड वा लिंकबाट आवेदन गर्न सकिनेछ ।

आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिनेछ । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर सञ्चालन गर्न लागिएको तालिममा ७२० जना शिक्षकलाई सहभागी गराइनेछ ।

यसमा काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास भएका र महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई दोस्रो प्राथमिकतामा राखिने । स्थायी बसोबास जहाँको भए पनि काठमाडौँ महानगरपालिकाभित्रका जुनसुकै विद्यालयमा अध्यापन गराउने शिक्षकलाई छनोटको तेस्रो प्राथमिकतामा राखिएको छ ।

शिक्षा विभागले आज शिक्षकहरूलाई तालिम सम्बन्धी सूचना जारी गरेको छ । यसअन्तर्गत माघ ३ र ४ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम हुनेछ । हरेक विषयमा ६० जना शिक्षकलाई तालिममा सहभागी गराइनेछ ।

माघ ३ गतेदेखि ८ गतेसम्म प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरूका लागि केन्द्र सञ्चालन व्यवस्थापनका लागि तालिम हुनेछ । यस समूहमा ९० जना शिक्षकलाई सहभागी गराइनेछ ।

कक्षा १ देखि कक्षा ३ सम्म अध्यापन गराइरहेका २७० जना शिक्षकलाई माघ ३ गतेदेखि माघ ७ गतेसम्म तालिम सञ्चालन हुनेछ । एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्यांकन यस समूहका शिक्षकलाई प्रदान गरिन लागेको हो ।

यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने महानगरपालिकाको अपेक्षा छ । तालिममा सहभागी हुन इच्छुक शिक्षकहरूले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनु पर्नेछ । तालिममा सहभागी आवेदकको नाम र तालिम केन्द्र यसै दिन प्रकाशन गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस