Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दर्ता नै नभएका औषधि चिकित्सककै सिफारिसमा बिक्री, कारबाही गर्ने विभागको चेतावनी


२५ पुस २०८१, बिहिबार


काठमाडौँ । नेपालमा दर्ता नभएका औषधि चिकित्सककै सिफारिसमा बिक्री वितरण भइरहेको पाइएको छ ।

भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटका औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित आइन्टमेन्ट, क्रिम सौन्दर्य प्रसाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको हो ।

औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा प्रतिबन्धित र दर्ता नभएका औषधि बिक्री भइरहेको फेला परेको भन्दै तत्काल रोक्न सार्वजनिक सूचना निकालेको छ ।

विभागले अनुगमनका क्रममा फार्मेसीहरूमा यस्ता सामग्री फेला परेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । विभागले निरीक्षणका क्रममा सरकारबाट २०४९ सालमा नै प्रतिबन्धित गरिएका भिटामिन तथा खनिज समिश्रण समेत बजारमा भेटिएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस