२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शितलहरबाट सतर्क रहन प्रशासनको आग्रह

अ+ अ-

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले शितलहरबाट सतर्क रहन आग्रह गरेको छ। चिसो मौसमको सुरुवातसँगै शितलहरको असर विशेष गरी अति विपन्न, जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला र अपाङ्गता भएका व्यक्तिहरूमाथि गम्भीर देखिएकोले यसबाट हुने जोखिम न्यूनीकरण गर्न विशेष योजना लागू गरिएको जानकारी जिल्ला प्रशासन कार्यालयले दिएको छ।

प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालद्वारा जारी गरिएको सूचनामा हालै तयार गरिएको शितलहर आकस्मिक प्रतिकार्य योजना २०८१ कार्यान्वयनमा रहेको उल्लेख गरिएको छ। उक्त योजनाअन्तर्गत स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक पूर्व तयारी गर्न निर्देशन दिइएको छ।

प्रशासनले शितलहरबाट हुने प्रभाव न्यून गर्न सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकाय, सुरक्षा निकाय, निजी क्षेत्र र सञ्चार माध्यमहरूको सक्रिय सहभागिताको आवश्यकतामा जोड दिएको छ। योजनामा उल्लिखित निर्देशनअनुसार सबै निकायले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइएको छ।

साथै अत्यावश्यक कामबाहेक घर बाहिर नजान, न्यानो कपडा लगाउन, तातो झोलिलो पदार्थ पिउन, सचेततापूर्वक सवारी साधन चलाउन र चिसोबाट जोगिन अन्य सावधानी अपनाउन प्रशासनले अनुरोध गरिएको छ। साथै, चिसोको उच्च जोखिममा रहेका समुदायलाई सुरक्षित राख्न विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

दाङमा चिसो र शितलहरका कारण जनजीवनमा प्रभाव परिरहेको अवस्थामा यस्तो सूचना जारी भएको हो।

प्रतिक्रिया दिनुहोस