काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल कृषि सेवाका ५ जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
मन्त्रालयले पुस २० गतेको निर्णयानुसार नेपाल कृषि सेवा, बागवानी (हर्टिकल्चर) समूहतर्फ रिक्त उपसचिव पदमा ३ जना, मत्स्य (फिसरिज) समूहमा १ जना र लाइभस्टक पोल्ट्री एण्ड डेभलपमेण्ट समूहतर्फ १ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।








