काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रिक्त रहेका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् ।
