२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा गृहमा पीएल सिंहको पूर्ण कदको सालिक राख्ने कार्यपालिकाको निर्णय

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३९ औँ कार्यपालिका बैठकले राष्ट्रिय सभा गृह परिसरमा महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल सिंहको पूर्ण कदको सालिक राख्ने निर्णय गरेको छ । आइतबार (पुस १४) प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजामा बसेको बैठकले स्व। सिंहले नगरपालिकालाई महानगर घोषणा गरेसँगै स्थानीय स्वायत्तता, स्वशासन र सुशासनमा पुर्‍याएको योगदानको सम्मानमा सालिक निर्माण गर्ने निर्णय गरेको हो । 

वि। सं। १९९६ साल चैत ११ गते जन्मिएका सिंहको २०८१ पुस १ गते निधन भयो । बि. सं. २०४९ साल जेठ ३० गते भएको स्थानीय निर्वाचनबाट ६६ हजार ८७४ मत ल्याएर उनी नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए । २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरेर उनले सहरलाई स्तरोन्नति गराएका हुन् । उनको कार्यकाल २०५३ चैत २४ गतेसम्म रह्यो ।  

बैठकले ‘सहकारी ऐन २०७४’, ‘शिक्षा ऐन २०७५’, ‘राजस्व ऐन २०७५’, ‘विवाद निरूपण कार्यविधि ऐन २०७५’, ‘वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७’, ‘कर्मचारी सेवा ऐन २०७७’, ‘महानगर प्रहरी ऐन २०८०’, ‘जनप्रतिनिधिहरूको सुविधा सम्बन्धी ऐन २०७९’, ‘होस्टेल कार्यविधि २०७९’ लाई पुनर्लेखन तथा संशोधनका लागि सहमति दिएको छ । यस्तै ‘सञ्चार तथा सूचना ऐन २०८१’ को नियमावली तथा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

बैठकमा योजना अनुगमन तथा मुल्यांकन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले ‘स्थानीय तह संस्थागत स्वमुल्यांकन (लिजा) मा आर्थिक वर्ष २०७९/०८० का लागि गरिएको मुल्यांकनमा महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको विवरण पेश गरे । यो प्रारम्भिक प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको छ । 

यस्तै वडा वर्गीकरणमा वडा नंं. १२ लाई मझौला वडा बनाउने निर्णय गरेको छ । वडालाई यसअघि सानो वडामा राखिएको थियो ।  

प्रतिक्रिया दिनुहोस