काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता आजको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार साँझ नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ ‘विप्लव’ भेट्न उनकै निवास हरिसिद्धि पुगेका थिए ।
त्यस क्रममा चन्दले यस्तो बताएका हुन् । चन्दलाई उद्धृत गर्दै नेता श्रेष्ठले भने, ‘माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता हुनु आजको आवश्यकता हो ।’
नेता श्रेष्ठले आफ्नो निष्कर्ष पनि यही रहेको बताए । अझ सबै कम्युनिष्टहरूका बीचमा सहकार्य र एकता नै हुनुपर्ने भनाइ उनको छ ।