काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
पहिलो चरणमा ३२ वर्षे उमेर हद र दोस्रो चरणमा नेतृत्व चयनको लागि चुनाव हुने गरी कार्यतालिका सार्वजनिक भएको हो ।
उमेर हदका लागि पुस १३ गते र नेतृत्व चयनका लागि १७ गते निर्वाचन हुनेछ । उमेर हदबारे जिल्ला भूगोल र गैर भूगोल गरी ८६ मतदान केन्द्र रहनेछ । भने नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरीय मतदान केन्द्र रहनेछ ।
असोज १०–१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रूप लिएपछि स्थगित भएको थियो । तर, अब निर्वाचन प्रक्रियाबाटै छिनोफानो गर्न लागेको हो ।
अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ ।
तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैँ ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन् ।

