काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने समितिका सचिव एकराम गिरीले बताए ।
सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ ।