१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहलाई विपद्सम्बन्धी न्यूनतम मापदण्ड अनुसार सक्षम बनाइने

अ+ अ-

काठमाडौँ । सरकारले हरेक पालिकालाई विपद् जोखिम न्यूनीकरणका हिसाबले व्यवस्थित र सक्षम बनाउने भएको छ ।

गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस्ता स्थानीय तहलाई विपद् उद्धारमा सक्षम बनाउन आवश्यक सामग्री उपलब्ध गराइ सहयोग गर्ने प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुसाल बताए । 

उनले विपद् व्यवस्थापनका दृष्टिले पालिकामा न्यूनतम मापदण्ड पुर्‍याउने गरी आवश्यक तयारी थालिएको जानकारी दिए । “कतै सामानहरू अपर्याप्त त कतै सामान धेरै थुप्रिएको पाइयो, अब सबै क्षेत्रको तथ्यांक लिएर न्यूनतम मापदण्ड नपुगेका पालिकाहरूमा विपद् व्यवस्थापनसम्बन्धीका सामान पुर्‍याउने तयारी थालेका छौँ”, डा. भुसालले भने ।

प्राधिकरणको नेतृत्वमा हालै पश्चिम नेपालमा गरिएको एक अध्ययनले स्थानीय तहमा विपद् व्यवस्थापन कार्य संस्थागत हुन नसकेको औँल्याएको थियो । त्यसलाई सम्बोधन गर्न प्राधिकरणले तयारी थालेको हो ।

कम्तीमा विपद् उद्धारका न्यूनतम सामग्री टेन्ट, त्रिपाल तथा आवश्यक खाद्यान्न, सुरक्षित स्थान, ‘रेष्पोन्स टिम’लगायत व्यवस्था हुनुपर्ने हुन्छ ।

उक्त प्रतिवेदनले स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप प्रभावकारी बनाउन स्रोतसाधन, दक्ष जनशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य लेखाजोखा अध्ययनमा विपद् व्यवस्थापन कति संस्थागत भएको छ कि छैन भनेर हेरिएको थियो ।

यसले स्थानीय तहमा विपद् व्यवस्थापन संस्थागत हुन नसकेको, केही स्थानीय तहबाहेक धेरै विपद्को मापदण्डभन्दा तल रहेको पाइएको प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रामबन्धु सुवेदीले बताए ।

उनले ठूलो विपद् भएको अवस्थामा स्थानीय तहले ‘रेस्पोन्स’ गर्न नसक्ने अवस्था देखिएको जानकारी दिँदै सबै हिसाबले क्षमता विकास गर्न आवश्यक देखिएको बताए । कम्तीमा पालिकालाई विपद् व्यवस्थापनका हिसाबले न्यूनतम मापदण्डमा पुर्‍याउने र विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सक्षम बनाउन जरुरी रहेको प्राधिकरणको निष्कर्ष छ ।

यसैगरी अध्ययनले विपद् व्यवस्थापन कोषको रकम प्रशासनिकलगायत काममा बढी खर्च हुने गरेको र प्रतिकार्यका लागि उपकरण र दक्ष जनशक्तिको  अभाव रहेको देखाएको छ ।

प्राधिकरणको नेतृत्वमा विभिन्न सहयोगी संघसंस्थाको सहभागितामा भूकम्पको पूर्वतयारी, प्रतिकार्य र सिकाइको विषयमा केन्द्रित भएर उक्त अध्ययन गरिएको थियो ।  सुदूरपश्चिमको डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम र जाजरकोट गरी पाँच जिल्लाका २८ वटा पालिकामा अध्ययन गरिएको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस