१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासंंघको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ : मुख्यमन्त्री शाह

अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार महासंघको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आज धनगढीमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन कार्यक्रममा उनले अन्योलताका बीचमा पत्रकार महासंघले केन्द्रदेखि जिल्लासम्म आफ्ना निर्वाचन पूरा गरेर पुनः एकचोटी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताए ।

“लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्ने सन्दर्भमा तपाईँ हाम्रो यस्तै प्रयत्न, प्रयास र पद्धतिबाट हामीले सबै संरचनालाई अगाडि लैजाने प्रयत्न गर्नुपर्दछ”, उनले भने,  “जसरी विशेष गरी अहिलेको संरचना निर्माण भएको छ र त्यसको प्रभाव स्वभाविक रूपमा सबै संगठनमा पर्ने नै हो, तर त्यो पर्दै गर्दा नेपाली जनतालाई एउटा सन्देश दिएको छ, अब यो मुलुकमा राजनीतिक स्थिरता, विकास र समृद्धिका सवालमा यो निर्वाचनले पनि अहिले मुलुकमा भएको सत्ता गठबन्धनको जुन लक्ष्यप्रतिको जुन मार्ग छ, यसलाई जनताका बीचमा विश्वास दिलाउन वातावरण बनाउने एउटा सन्देश दिएको छ ।”

फरक प्रसंगमा मुख्यमन्त्री शाहले अहिलेको वर्तमान सरकारका नेतृत्वबीचमा भएको समझदारी निरन्तर अगाडि बढेर जाने बताए । उनले भने, “यसमा एकताका प्रक्रिया, सहमतिका प्रक्रिया, समझदारीका प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता र पद्धतिलाई स्थापित गर्ने सन्दर्भमा पनि पत्रकारको अहिलेको निर्वाचनले मुलुकमा जनतालाई राम्रो सन्देश दिएको मैले विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस