१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतबाट दोषी प्रमाणित भए पेन्सन रोक्ने प्रस्ताव

अ+ अ-

काठमाडौँ । अवकाशप्राप्त प्रहरी कर्मचारीले पाउने निवृत्तिभरण समेत रोक्न सकिने गरी प्रहरीको नयाँ विधेयकको मस्यौदा तयार भएको छ ।

विद्यमान प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा निवृत्तिभरण रोक्नेबारे उल्लेख गरिएको थिएन । जसकारण जस्तोसुकै कसुरमा अदालतबाट दोषी ठहर भए पनि अवकाशप्राप्त कर्मचारीले निवृत्तिभरण पाउँदै आएका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएकाहरूलाई निवृत्तिभरण नदिनु भन्दै निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई लेखेको थियो । त्यसपछि सुडान घोटाला काण्डमा दोषी ठहर भएका पूर्वआईजी ओमविक्रम राणाको पेन्सन रोकिएको थियो ।

यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चका न्यायाधीश कुमार चुँडाल र अब्दु अजिज मुसलमानको इजलासले पेन्सन नरोक्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो । तर विद्यमान ऐन र नियमावलीलाई विस्थापित गर्ने गरी तयारी गरिएको प्रहरी विधेयकको मस्यौदामा भने निवृत्तिभरण समेत रोक्न सकिनेबारे उल्लेख गरिएको छ ।

संसदमा पेश गर्ने तयारीमा रहेको उक्त विधेयकको ड्राफ्टमा पाँच वटा कसुरमा दोषी प्रमाणित भए निवृत्तिभरण रोकिने उल्लेख छ । जसमा कुनै पूर्व प्रहरी आतंककारी गतिविधिमा संलग्न भएमा, सशस्त्र विद्रोह वा संघर्ष गरेमा, संगठनको गोपनीयता भंग गरेमा र प्रहरी संगठनको हित विरुद्धको गतिविधि गरेमा निवृत्तिभरण रोक्न सकिने उल्लेख छ ।

विधेयकमा लेखिएको छ, ‘नेपाल प्रहरी सेवामा सेवा गरे बापत जुनसुकै किसिमको निवृत्तिभरण प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीले आतंककारी गतिविधि, सशस्त्र विद्रोह, सशस्त्र संघर्ष वा संगठनको गोपनीयता भंग हुने गरी कुनै विषय प्रकाशन गरेको वा नेपाल प्रहरी संगठन विरुद्धको गतिविधिमा संलग्न भएको अदालतबाट प्रमाणित हुन आएमा नेपाल सरकारले त्यस्ता पूर्व प्रहरी कर्मचारीले खाइपाई आएको निवृत्तिभरण रोक्का गर्न सक्नेछ ।’

प्रतिक्रिया दिनुहोस