काठमाडौँ । एसीसी यु-१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार खेल बिहान ११:४५ बजेदेखि सुरु हुनेछ। पहिलो खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल एसिया कपको शीर्ष चारमा पुगिसकेको छ।
सोमबार भएको खेलमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो।
दुई खेलमा पराजित हुँदै पाकिस्तान समूह चरणबाट बाहिरिँदा भारतसँग खेल्नुअघि नै नेपाल शीर्ष चारमा पुगेको हो।
समूह बी श्रीलंका, बंगलादेश र मलेसिया छन्। श्रीलंका दुई खेल खेलेर एक जितसहित शीर्ष स्थानमा छ।







