काठमाडौँ । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकको सहायक पद तथा सहायक द्वितीय श्रेणीका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
शनिबार आयोगले एक सूचना जारी गदै २०८१ जेठ २५ र २६ गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १७/२०८० (खुला तथा समावेशी) प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

