काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारहरूले पुष १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।


