२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व हो : प्रधान न्यायाधीश राउत

अ+ अ-

लेखनाथ (कास्की) । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले लोकतन्त्रमा मानवअधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताएका छन् ।  

नेपाल बार एसोसिएसनद्वारा आज पोखरामा आयोजित मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले मानवअधिकारलाई कुनै भूगोल र सीमाले रोक्न नसक्ने बताए । वैयक्तिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारप्रति न्यायपालिका सधैँ प्रतिबद्ध रहेको भन्दै प्रधान न्यायाधीश राउतले मानवअधिकारसम्बन्धी विश्वव्यापी मान्यतालाई पालना गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे । 

कानुन व्यवसायीको सहयोगबाट नै न्यायपालिकाको मुहार फेर्न सकिने भएकाले बार र बेञ्चको सम्बन्धलाई बलियो बनाउने पक्षमा आफू रहेको उनको भनाइ थियो । कानुन व्यवसायीले आफ्नो व्यावसायिकतालाई ध्यान दिन जरुरी र जनतालाई न्यायको पहुँचसम्म पुर्‍याउन कानुन व्यवसायीले निःशुल्क कानुनी सेवा सहायता दिने कार्यलाई तीव्रता दिनुपर्नेमा प्रधान न्यायाधीश राउतले जोड दिए । उनले सर्वोच्च अदालतमा दैनिक ८० भन्दा बढी मुद्दा पर्ने गरेका र अदालतमा हुने गलत क्रियाकलाप हटाउन गोलाप्रथाद्वारा न्यायाधीशलाई मुद्दा हेर्ने व्यवस्था गरिएको बताए ।

गण्डकी प्रदेशका ऊर्जा, खानी तथा जलस्रोत मन्त्री फणीन्द्र देवकोटाले जनताले सहज र सर्वसुलभ न्याय पाउने  व्यवस्था र न्यायको अनुभूति हुने गरी न्यायपालिकाले न्याय सम्पादन गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रसँगै मानवअधिकारको संरक्षण गर्ने दायित्व सरकार र न्याय क्षेत्रका संस्थाको भएको उनले बताए । 

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लोकतन्त्रमा बोल्ने र न्यायका पक्षमा आवाज उठाउन अधिकार सबैलाई रहेको बताए । नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले न्यायाधीशमा राजनीतिक हस्तक्षेपका आधारमा नभई सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए । नेपाल बारका निवर्तमान  अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारका अध्यक्षलाई लगाइएको अपहेलनाको मुद्दाले बारका सम्पूर्ण सदस्यको मनोबल गिरेको बताए । उक्त कार्यक्रमको सभापतित्व बारका वरिष्ठ उपाध्यक्ष बालकृष्ण देवकोटाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस