Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्माण सामग्री उत्पादकले बढाए सिमेन्ट र छड भाउ


२१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । सरकारले पुँजीगत खर्च गर्ने याम सुरु भएको छ । हिउँद याममा आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्छन् ।

निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने मौकाको फाइदा उठाउँदै भाउ बढाएका छन् । नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ । त्यस्तै रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ ।

इँटा र गिट्टीबालुवामा भने मूल्य स्थिर रहेको उनले बताए । अहिले काठमाडौँमा ए ग्रेडको इँटा १६र१७ रुपैयाँ प्रतिगोटासम्म उपलब्ध छ ।

गिट्टी–बालुवा प्रतिटिपर २६र२७ हजार रुपैयाँसम्म रहेको छ । यसको मूल्य स्थिर रहे पनि सिमेन्ट र रडको मूल्य बढ्दा उपभोक्ता बढी मारमा परेको उनको भनाइ छ ।

उत्पादकले कुनै ठोस कारणविना बढाएको मूल्य फिर्ता लिन नेपाल निर्माण व्यवसायी महासंघले आग्रह गरेको छ । बढेको मूल्य फिर्ता नलिए निर्माण काम नै ठप्प पुर्नेसम्मको चेतावनी महासंघको छ ।

महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माणको काम हुने सिजनमै सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै उत्पादन समेत कटौती गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस