Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण गर्दागर्दै पक्राउ


२१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । उपनिर्वाचनमा निर्वाचित सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष घिरेन्द्र कुमार साह पक्राउ परेका छन् ।

मंसिर १६ मा भएको उपनिर्वाचनमा जसपा नेपालबाट साह वडाध्यक्षमा निर्वाचित भएका हुन् । आज पदभार ग्रहण समारोहबाटै उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार साहमाथि अदालतको परमादेशबाट कर्तव्य ज्यान मुद्दा प्रहरीले दर्ता गरेको छ । सोही मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

साह जोडिएको घटना करिब तीन वर्ष पुरानो हो । २०७८ साल चैत २२ गते साह लगायतका व्यक्तिहरूले एक महिलालाई जबरजस्ती करणीसमेत गरी हत्या गरेको भन्दै २०७९ साउन १७ गते हुलाकमार्फत जाहेरी आएको थियो ।

सोपश्चात २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा उनीविरुद्ध अपहरण तथा शरीर बन्धक र कर्तव्य जाहेरी मुद्दामा जाहेरी दरखास्त प्राप्त भएको जिप्रका सप्तरीले जनाएको छ ।

उच्च अदालत जनकपुरबाट २०८० साल चैत ४ गते परमादेश पश्चात् २०८१ साल साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा मुद्दा दर्ता भयो । गत साउन १५ गते अदालतबाट प्रहरीले पक्राउ अनुमति लिएको थियो ।

सोही पक्राउ पुर्जीका आधारमा इप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिप्रका सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस