११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री भण्डारीले भने-श्रम ऐन संशोधनमा लागेका छौँ  

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई समयसापेक्ष बनाउँदै संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा उत्कृष्ट काम गर्ने उद्योग प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनका लागि सरोकारवालाहरूसँग सल्लाह सुझाव माग गरेको पनि उनले जानकारी गराए ।

‘सरकारले अहिले श्रम ऐनलाई समय सापेक्ष बनाउने हिसाबमा संशोधन गर्न लागेका छौँ । सरकारले स्टेक होल्डरहरूलाई आग्रह गरेका छौँ,’ मन्त्री भण्डारीले भने, ‘श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी गर्ने र उद्योग,उत्पादनको क्षेत्रलाई अगाडि बढाउने विषयलाई प्राथमिकता दिएका छौँ ।’

त्यस्तै, श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरू गर्नुपर्ने उनले बताए । रोजगारदाताहरूले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत उनले जिकिर गरे ।

नेपालमा हरेक वर्ष करिब ५ लाख श्रमिकहरू श्रम बजारमा आए पनि १ लाख भन्दा बढी श्रमिकलाई रोजगारी दिन सक्ने अवस्था नभएको उनले बताए । चार लाख नेपाली श्रमिकहरू हरेक वर्ष बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानुपरेको मन्त्री भण्डारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस