Logo ५ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्मचारीको निःशुल्क बीमा गरिने


२१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाले कर्मचारीको निःशुल्क बीमा गर्ने भएको छ ।

राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेको हो ।

नगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरिसकेको छ ।

नगर प्रमुख मोहन प्रसाद बस्नेतले एक सूचना जारी गर्दै भनेका छन्, ‘नागार्जुन नगरपालिकाको निःशुल्क स्वास्थ्य बीमा सञ्चालन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत भएको सन्दर्भमा राष्ट्रिय स्वास्थ्य बीमा नीति बमोजिम नागार्जुन नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास गर्ने सम्पूर्ण नागरिक तथा नागार्जुन नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई नगरपालिकाको आ.व. २०८१र८२ को नीति तथा कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य बीमा गरिने भएकोले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस