Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मलेसियाबाट स्वदेश फर्कियो राष्ट्रिय सभा उपाध्यक्षसहितको टोली


२१ मंसिर २०८१, शुक्रबार


काठमाडौँ । संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ ।

मलेसिया सरकारको निमन्त्रणामा वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरूको सात दिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेर संसदीय प्रतिनिधि मण्डल स्वदेश फर्केको हो ।

भ्रमणका क्रममा प्रतिनिधि मण्डलका नेता राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले मलेसियाको उपल्लो सदनका सिनेटका उपाध्यक्ष दतुक नूर याजलान बिन तान सेरी मोहम्मद तथा संसदीय समितिका प्रमुखहरू लगायतसँग भेट गरेका थिए ।

भेटका अवसरमा दुवै देशका संसदको सहकार्य बढाउनका लागि संसदीय मैत्री समूह गठन गरेर अगाडी बढ्ने र मलेसियामा कार्यरत नेपाली कामदारको सुरक्षा र रोजगारी लगायतका विषयमा छलफल भएको थियो ।

मलेसिया गएको संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय उपाध्यक्ष घिमिरे, प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक रहेका थिए ।

यसैगरी लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँड केसी, गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, सुदूर पश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरी, संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय, सहसचिव बविता मिश्र र उपसचिव सुलोचना पंज्ञानी पनि प्रतिनिधि मण्डलमा सहभागी थिए ।

उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डल अध्ययन, अवलोकन भ्रमणका लागि मंसिर १५ गते मलेसिया प्रस्थान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस