Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अब भारत भ्रमण मिलाउनुपर्छ : प्रधानमन्त्री ओली


२० मंसिर २०८१, बिहिबार


काठमाडौँ । चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

सञ्चारकर्मीले उनलाई दक्षिणतिरबाट तपाईँलाई उत्तरतिर ढल्कियो भन्ने आरोप लगाइरहेका छन् ? बीआरआई सम्झौतापछि त्यसरी नै कुरा भइरहेको छ दक्षिणतिरबाट । के भन्न चाहनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘मैले त्यति थाहा पाएको छैन । यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस