२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगर प्रहरी बलका ८३ जवानलाई आधारभूत तालिम

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ ।

महानगरले कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते हिजो सकिएको हो ।

तालिम समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रहरी जवानला प्रमाण पत्र प्रदान गरेका थिए । यो दोस्रो चरणको तालिम हो । भदौ ४ गतेदेखि पहिलो चरणको तालिम सुरु गरिएको थियो । असोज १० गते सकिएको यो चरणको तालिममा ११० जना जवानलाई सहभागी गराइएको थियो ।

यसरी २ चरमा १९३ जना जवानलाई आधारभूत तालिम प्रदान गरिएको छ । नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो ।

यसैगरी उक्त तालिममा शारीरिक तन्दुरुस्ती, कवाज, विशिष्ठ पदाधिकारी र उनीहरु सम्बद्ध कार्यक्रम व्यवस्थापन, पब्लिक अर्डर म्यानेजमेन्ट, म्याप रिडिङ्, पुलिस प्याकेज, अनआर्म कम्व्याट, आपतकालीन उद्धार, ट्राफिक व्यवस्थापन, मानव अधिकारलगायत विषयमा कक्षा सञ्चालन गरिएको थियो ।

प्रमाण पत्र वितरण गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले, नगर प्रहरीको पेशागत दक्षता र सांगठनिक नेतृत्व वृद्धि भएको तथा पदीय दायित्व निर्वाह गर्न क्षमता विकास भएको अपेक्षा व्यक्त गरे । महानगर प्रहरीलाई प्रदान गरिएको तालिमबाट सुरक्षा संयन्त्रका विच सहकार्यको संस्कार सुरु भएको, तालिम केन्द्रका प्रमुख शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्का भनाइ छ ।

प्रतिक्रिया दिनुहोस