काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले अग्रता कायमै गरेको छ ।
जितउन्मुख काँग्रेसका कृष्ण मान डंगोलले ५ हजार ६९ मत प्राप्त गरेका छन् । पछिल्लो अपडेटमा माओवादीका शिव शरण महर्जनले ४ हजार ११९ मतसहित दोस्रो स्थान हासिल गरेका छन् भने एमालेका सुरेन्द्र मानन्धरले ३ हजार ९९७ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १ हजार ८७६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार अन्तिम बक्सा गणना भइरहेकाले केही समयभित्रै अन्तिम मत परिणाम सार्वजनिक हुनेछ ।