१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले-काँग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा

अ+ अ-

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ ।

एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामका बारेमा  मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका थिए । एमाले-काँग्रेस संयुक्त सरकाले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको उनले जानकारी गराएका थिए ।

यस्तै, बैठकमा संसदीय क्षेत्रमा भएका कामका बारेमा नेपाली काँग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारेका थिए । बैठकमा काँग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।

प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू संकलन गर्ने निर्णय गरेको छ । यस्तै, मङ्सिर २० गते एमाले-काँग्रेस  संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा काँग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

एमाले-काँग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज अर्याल, मुख्यमन्त्री आचार्य र प्रदेश अध्यक्ष कँडेल रहनुभएको छ । यस्तै, काँग्रेसबाट संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र  विष्णु खनाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस