काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति शीतल निवासमा आज (शनिबार) उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री डा. आरज़ु राणा देउवा पनि सहभागि थिइन् । यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण प्रस्थान गर्दै छन्।