काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडा सुरक्षा तैनाथी गरिएको छ ।
प्रहरीले रविका समर्थकहरूलाई विमानस्थलको बाहिरी गेटमा रोकिएका छन् ।
रविलाई ल्याउने सूचनापछि रविका समर्थकहरू विमानस्थलमा भेला भइरहेका छन् । प्रहरीले रविलाई निकाल्दा सँगसँगै जुलुस लिएर जाने तयारी छ । तर, प्रहरीले रविलाई डोमेस्टिक भित्रैबाट प्रहरीको गाडीले निकाल्ने बुझिएको छ ।