काठमाडौँ। शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल अनिवार्य अवकाश भएका छन् ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधवार(आज) मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनलाई बिदाइ गरेका छन् ।
०५२ सालमा सेवा प्रवेश गरेका गेलाल ५८ वर्षे उमेर हदका कारण २८ वर्ष ५ महिना २६ दिन निजामती सेवामा जागिर गरेर सेवा निवृत्त भएका हुन्।
यससँगै एक जना सचिव(विशिष्ट श्रेणी) पद रिक्त भएको छ ।