२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔँ, फाइल अड्काएर जनतालाई दुःख नदिनुस् : स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ।

बैठकमा मन्त्रालयले पहिलो चौमासिकमा भएका कार्यहरूको समीक्षा गरेको थियो। समीक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च न्यून भएको भन्दै यसलाई बढाउन कर्मचारीहरूलाई आग्रह गरे।

‘पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसलाई सुधार गर्न सबैले साझा प्रयास गर्नुपर्छ, ‘मन्त्री पौडेलले भने। ‘स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रूपमा विकास गराऔँ।’ मन्त्री पौडेलले नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै निःशुल्क उपचारलगायतका सेवाहरू विस्तार गर्दा पनि राज्यलाई कम आर्थिक भार पर्ने गरी काम भइरहेको बताए।

‘पपुलिस्ट बन्न होइन, नागरिकलाई सहजीकरण गर्न निःशुल्क सेवाहरू थपेका हौँ ।’ मन्त्री पौडेलले थपे, ‘हामीले पपुलिस्ट हुने निर्णय गरेका होइनौँ। राज्यको स्रोतलाई ख्याल गर्दै मात्र निर्णय गरेका हौँ।’

१० दिनभित्र सुधार योजना ल्याउनुस्
मन्त्री पौडेलले अबको १० दिनभित्र पुँजीगत खर्च बढाउने र सुधार योजना ल्याउन कर्मचारीहरूलाई निर्देशन दिए।

‘पहिलो चौमासिक सकियो, म मन्त्रालयमा आएको पनि चार महिना भइसक्यो। तर खर्चमा सोचेजस्तो प्रगति भएन, ‘उनले भने। ‘खर्च गर्न बाँकी बजेटको टेन्डर प्रक्रियामा ढिलाइ नगरी काम थालौँ।’

‘साना अस्पताल थप्ने होइन, भएका अस्पताललाई सुधार गरौँ’
मन्त्री पौडेलले तीन तहका सरकारहरू स्वास्थ्य क्षेत्रमा सक्रिय रहेकाले साना अस्पताल थप्नुभन्दा भएका अस्पतालहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। ‘अस्पताल त बन्यो, तर उपकरण छैन। यस्तो अवस्था कम गरौँ। भएका अस्पताललाई राम्रोसँग सञ्चालन गर्ने उपाय खोज्नुपर्छ, ‘ उनले भने।

‘मन्त्री पौडेलले देशको आर्थिक अवस्था कमजोर रहेको हुँदा धेरै दरबन्दी थप्न नसकिने बताए।’ कम जनशक्तिबाटै अधिकतम सेवा दिने रणनीति बनाऔँ, ‘उनले सुझाव दिए।

४८ घण्टा भन्दा बढी फाइल रोक्न पाइँदैन
मन्त्री पौडेलले सरकारी कामकाजमा ढिलासुस्ती रोक्नुपर्ने भन्दै कुनै पनि फाइल ४८ घण्टाभन्दा बढी रोकिन नदिने निर्देशन दिए।

‘अर्थ वा कानुन भनेर फाइल रोक्ने काम अब सह्य हुँदैन, ‘उनले भने। मन्त्री पौडेलले आफूले नागरिक गुनासोको आधारमा सुधारको संकेत देखिएको उल्लेख गर्दै सरकारी प्रणालीलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

कामका लागि योजनासहित आउनुस्
मन्त्री पौडेलले सेवा सुधारका लागि कर्मचारीलाई योजनासहित प्रस्तुत हुन आग्रह गरे। ‘हामी नागरिकको समस्या समाधान गर्न आएका हौँ।

यसलाई आफ्नो जिम्मेवारीका रूपमा लिनुपर्छ,’ उनले भने। मन्त्री पौडेलले सरकारी जिम्मेवारी नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर भएकाले यसलाई सदुपयोग गर्न आग्रह गरे।

विदेश भ्रमण ५ दिनमा सीमित गरौँ
मन्त्री पौडेलले विदेश भ्रमण पाँच दिनमा सीमित गर्न र त्यसपछिको प्रतिवेदन बुझाउन निर्देशन दिए। ‘विदेश भ्रमणपछि सिकाइ र सुधारका सम्भावनाहरूको प्रतिवेदन तयार पार्नुपर्छ, ’उनले भने।

यसरी, मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि सुदृढ कार्ययोजना तयार पार्न, नागरिकलाई सहज सेवा दिन, र सरकारी प्रणालीलाई प्रभावकारी बनाउने तर्फ कर्मचारीलाई जिम्मेवार बनाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस