काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत गरेका छन् । अधिकारीले आजै प्रतिनिधि सभा सचिव पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति पौडेलले अधिकारीको राजीनामा सोमबार (मंसिर १० गते)देखि लागु हुने गरी स्वीकृत गरेका छन् । “राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष संघीय संसद्को प्रतिनिधिसभा सचिव श्री सुरेश अधिकारीले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजीनामा मिति २०८१/८/१० देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित समाचार : प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा
सम्बन्धित समाचार : प्रतिनिधि सभा सचिवमा सुरेश अधिकारी नियुक्त
