Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्टार स्पोर्ट्ससँगको सम्झौताविरुद्ध सात निकायमा उजुरी


९ मंसिर २०८१, आइतबार


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका सम्बन्धमा भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग भएको सम्झौताबारे विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) सँग जवाफ मागेको छ । सम्झौताको प्रतिलिपिसमेत पेश गर्न निर्देशन दिँदै बोर्डले शुक्रबार क्यानलाई पत्र लेखेको हो ।

सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले विज्ञापन बोर्डमा उक्त सम्झौताविरुद्ध गत मंसिर सात गते उजुरी दिएका थिए । उजुरीमा एनपीएलका खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनीमार्फत स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य अन्य कानूनहरुका अलावा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ विपरीत भएको उल्लेख छ ।

यही उजुरीका विषयमा यस बोर्डको उजुरी दर्ता नं. ०९ मिति २०८१/८/०७ मा दर्ता भएको उजुरीको ब्यहोराको सम्बन्धमा लेखिंदैछ । उजुरीमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत स्टार स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने भनी तहाँबाट आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकोमा उक्त कार्य अन्य कानूनहरूको अलवा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ विपरीत भएको ब्यहोरा समेत उल्लेख छ ।

विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लीन फिड) प्रसारण गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । क्यानले स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने घोषणा गरेपछि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आलोचना गरेका थिए । उनीहरूले सातवटा निकायमा सम्झौताविरुद्ध उजुरी गरेका छन् ।

सञ्चार मन्त्रालय, खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय खेलकुद परिषद्, प्रसारण विभाग, विज्ञापन बोर्ड र प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गरिएको हो । स्टार स्पोर्ट्ससँग गरिएको सम्झौता अवैध भन्दै यसलाई खारेज गर्न उजुरीमा माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस