२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसले कमाएको छ, जनताले देखेका छन् : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेको आरोपहरू खण्डन गर्न पनि लायक नरहेको बताएका छन् ।

पार्टीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा बोल्दै उनले भने, ‘हामीमाथि लगाएका आरोपहरू वास्तवमा खण्डन र चर्चा गर्न लायकका पनि छैनन् ।’

ओलीले आफूमाथि लगाइने गरेको कुनै पनि आरोप कसैले नपत्याएको जिकिर गरे । ‘ती कुनै कुरा कसैले पत्याउँदा पनि पत्याउँदैनन्’, उनले भने, ‘उनीहरू आफैँ बोल्छन् एक छिन पछि युट्युब खोलेर आफैँ सुन्छन् र आफैँ दंग पर्छन् । अनि सबै मानिस भ्रममा परे होला भन्ठान्छन् ।’

जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ, छैन जनतालाई थाहा भएको तर्क गरे । ‘कोही पनि भ्रममा परेका छैनन् । भ्रममा पर्दैन जनता’, उनले भने, ‘जनताले देखेको छ । कसले कति कमाएको छ कसले कति कमाएको छैन । कसले आफन्तको नाममा थुपारेको छ, कसले छैन । यी कुराहरू सबै दुनियाँले देखेको छ । विश्वले देखेको छ ।’

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्ने आरोपको खण्डन गर्दै ओलीले समाजमा घृणा फैल्याउने चेष्टा भइरहेको बताए ।

‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घण्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५(५५ मिनेटमा पुगिन्छ, त्यहीँ छ’, उनले भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो र ? तर यस्ता कुराहरूलाई भ्रमपूर्ण ढंगले फैलाएर जनतामा घृणा फैल्याउने दुस्चेष्टा भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा ल्याइने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस