२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिन र क्याम्पस प्रमुखको नियुक्ति मंसिरमै गर्ने उपकुलपति बरालको दाबी 

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुखहरू मंसिरभित्रै नियुक्ति गर्ने बताएका छन् ।

‘मेरिटको आधारमा नियुक्ति गर्ने हो । यसका लागि छनोट तथा सिफारिस समिति बनाएर काम गरेका छौँ । समितिले नाम सिफारिस गरेको छ । मंसिरमै नियुक्ति गरिसक्छौं,’उपकुलपति बरालले भने ।

सिफारिस समितिले असोजमै नाम सिफारिस गरे पनि कार्यकारी परिषद्ले निर्णय नगर्दा डिन र क्याम्पस प्रमुखकको नियुक्तिमा ढिलाइ भएको हो ।

त्रिविमा ८ डिन, १८ क्याम्पस र ७ सहपरीक्षा नियन्त्रक नियुक्त गर्नुपर्ने छ । प्रत्येक समितिले तीन/तीन जनाको नाम सिफारिस गरेको छ । तीन जनामध्येबाट योग्यलाई नियुक्त गर्ने बरालले बताए ।

‘म एक्लैले छान्ने होइन । कार्यकारी परिषद्ले निर्णय गर्ने हो,’ उनले भने, ‘परिषद्ले तीन जनामध्येबाट योग्यलाई छान्ने हो ।’

दलहरूले आफू निकटकालाई नियुक्त गर्न दबाब दिएपछि ढिलाइ भएको चर्चा छ । तर, उपकुलपति बराल आफूलाई कसैले दबाब नदिएको बताउँछन् ।

१५ मंसिरभित्र परिषद्को बैठक बसेर निर्णय गर्ने तयारी त्रिविको छ । तर, पार्टी निकटका प्राध्यापक संघ संगठन र विद्यार्थी नेताहरूले आफू निकटका व्यक्तिलाई बनाउन लबिइङ गरिरहेका त्रिविका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस