२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा भएको हवाई इन्धन डिपो स्थानान्तरण हुने

अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थलमा भएको हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । अहिले भएको ठाउँबाट डिपोलाई स्थानान्तरण गर्न लागिएको हो । आज हवाई इन्धन डिपो सिनामंगलले पत्रकार सम्मेलन गरेर डिपो सार्ने बताएको हो ।

अहिलेको स्थानमा अवस्थित डिपोको कारण स्थानीय बासिन्दाका साथै हवाई उड्डयन क्षेत्र समेत जोखिममा रहेको अवस्थालाई मध्यनजर डिपो सार्न लागिएको हो । २०८१ साउन २८ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एक वर्ष भित्र हवाइ इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न समेत निर्देशन दिइसकेको छ ।

विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै नयाँ डिपो बन्ने छ । नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने गुह्येश्वरीमा ५० रोपनी जग्गामा डिपो सार्ने निर्णय भएको छ ।

करिब ५० वर्ष पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६ सय ६० किलोमिटर छ । हाल दैनिक चार सय किलोमिटर हवाइ इन्धन बिक्री वितरण हुँदै आएको छ । यो डिपोमा १ हजार ६ सय किलो लिटरका तीन वटा, ७ सय ६० किलो लिटरका ३ वटा र ७० किलोमिटर क्षमताका ८ वटा इन्धन भण्डारण ट्यांकी रहेका छन् ।

हाल प्रस्तावित गुह्येश्वरी तर्फको जग्गामा निर्माण हुने डिपोमा ३ हजार किलोमिटर क्षमताका ५ वटा भण्डारण ट्यांक बन्ने छ । अत्याधुनिक प्रविधिसहितको नयाँ डिपोको विस्तृत सम्भाव्यता अध्ययन गर्न इन्जिनियरिङ अध्ययन संस्थान (कन्सल्टेन्सी सेवा) पुल्चोकसँग आज सम्झौता भएको छ ।

नयाँ डिपो निर्माणका लागि डीपीआर बनाउन दुई संस्थाबीच एक करोड ९८ लाख ८४ हजार १ सय ८३ रुपैयाँ ७३ पैसामा सम्झौता भएको छ भने डिपो निर्माणका लागि ६ अर्ब लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस