२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ : सभामुख घिमिरे

अ+ अ-

पाटन (ललितपुर) । सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण भएको बताएका छन् । 

झापा क्षेत्र नं १ सांसद सचिवालय काठमाडौँ तथा नेपाली काँग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको प्रथम ‘झापा-१ काठमाडौँ कप’ फुटसल प्रतियोगिताको आज उद्घाटन समारोहमा उनले सांसद विश्वप्रकाश शर्माले गरेको यो कार्य अत्यन्तै महत्त्वपूर्ण र रचनात्मक काम भएको बताउँदै खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन नसकेको बताए । 

“पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमशः अगाडि बढ्दै आएको छ, केही समयदेखि क्रिकेटलगायत खेलमा नेपालले उल्लेख्य प्रगति गरेको छ, हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सकिन्छ, खेलकुदमा हाम्रो भविष्य राम्रो छ”, सभामुख घिमिरेले भने । उनले विगतको तुलनामा खेलकुद क्षेत्र थप वर्तमान समयमा केही राम्रो काम भएको भन्दै यसलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रचनात्मक कार्यक्रममार्फत झापाका सबैलाई जोड्ने प्रयास र कौशलाको प्रशंसा गरे। उनले सांसद शर्माले देशभर नै रचनात्मक काम गरेर जनताको मन जित्न गरेको प्रयास महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । 

प्रतियोगिताको उद्घाटन समारोहमा सभामुख घिमिरेले विभिन्न पेसा व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको समूहलाई खेल मैदानमा पुगेर फुटबल हस्तान्तरण गरी खेलको शुभारम्भ गरे । 

प्रतियोगितामा झापाका राजनीतिक दल, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति, कलाकार, महिला, कर्मचारीसहितका समूहगत खेलाडी सहभागी भएको नेपाली काँग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए । मैत्रीपूर्ण खेलका लागि वटा समूह र प्रतियोगितात्मक खेलका लागि सात समूह सहभागी रहेको उनले जानकारी गराए ।

प्रतियोगितात्मक खेलका लागि चन्द्रगढी, दुवागढी, ज्यामिरगढी, साविक मेचीनगर, धाइजन, बाहुनडाँगी र शान्तिनगर समूहबीच प्रतिस्पर्धा हुनेछ भने मैत्रीपूर्ण खेलका लागि राजनीतिक दल र कलाकार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा कर्मचारी र महिला टोलीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा विजेताले प्रथम पुरस्कार रु २१ हजारसहित ट्रफी र मेडल तथा दोस्रो पुरस्कार रु ११ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस