२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु श्रमिक र भिजिट भिसामा गएकालाई विदेशबाटै श्रम स्वीकृति दिइने

अ+ अ-

काठमाडौँ। सरकारले गत सेप्टेम्बर महिनासम्म अवैध रूपमा विदेश पुगेकाहरूलाई विदेशस्थित नेपाली दूतावास र तथा नियोगबाटै श्रम स्वीकृति दिने निर्णय गरेको छ। अब भिजिट भिसामा गन्तव्य मुलुकमा पुगेर काम गरिहरेका श्रमिक र घरेलु महिला श्रमिकले पनि विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति पाउनेछन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गन्तव्य देशमा वैधानिक रूपमा काम गरिरहेका श्रमिकलाई नेपाल सरकारले अवैध बनाइराख्नु उचित नहुने भएकाले विदेशबाटै वैधानिक हुन श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको बताए ।

अहिले कति नेपाली नागरिक श्रम स्वीकृति नलिई कामका लागि विदेश पुगेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । विभिन्न माध्यमबाट दलालहरूको फन्दामा परेर विदेश पुगेका र घरेलु श्रमिकलाई श्रम स्वीकृति व्यवस्था नभएकाले विभिन्न बाटोबाट विदेश पुगेका घरेलु श्रमिकहरूले सरकारको यो निर्णयबाट लाभ उठाउनेछन् ।

नेपालबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर श्रम भिसा लिँदै काम गर्नेहरूको संख्या ठूलो छ । उनीहरू श्रम स्वीकृति नलिई गएकाले विद्यमान कानुनअनुसार उनीहरू अवैध श्रमिक हुन् ।

मलेसिया, साउदी अरब, कुवेत, ओमान लगायतका देशमा पनि विभिन्न तरिकाबाट अवैध रूपमा पुगेर काम गरिरहेकाहरू छन् । युरोपका विभिन्न गन्तव्य मुलुकमा समेत श्रम स्वीकृति नलिई जानेको संख्या ठूलो छ ।

मन्त्री भण्डारीका अनुसार घरेलु श्रमिक श्रमिकहरू गन्तव्य देशबाट बिदामा नेपालमा आएर पुनः पुरानै काममा फर्किन सकस भोगिरहेकाले उनीहरूलाई पनि लक्षित गरेर श्रम स्वीकृति दिने निर्णय भएको हो ।

कानुन अनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बीमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् भने श्रमिकको मृत्यु भएका परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति र १४ लाखको बीमा रकम पाउँछन् ।

विदेशबाट श्रम स्वीकृति लिनेहरूले पनि यस्तो सुविधा पाउनेछन् ।