काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट फागुन र चैतमा गरी ३३ जना कर्मचारी बिदा हुन लागेका छन्।
प्राधिकरणले जारी गरेको सूचना अनुसार १२ जनाले फागुनमा र २१ जना कर्मचारीले चैतमा अवकाश पाउन लागेका हुन्। अवकाश पाउने कर्मचारीमा तह २ देखि तह ९ सम्मका कर्मचारी रहेका छन्।







