१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीका लागि सेवाकालीन प्रशिक्षण

अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । 

प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका हुन्। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको सो प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । तालिममा विराटनगर महानगरपालिकाका १२ जनासहित कोशी प्रदेशका १२ स्थानीय तहका ८० कर्मचारीको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिईन्।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले छिटोछरितो रूपमा जनताको काम गर्न कर्मचारीलाई आग्रहसमेत गरे । कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्यांकन हुने उनको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीति नियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीको भएको प्रमुख कोइरालाको भनाइ थियो ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले तालिमबाट कार्यालय सञ्चालन र व्यवस्थापनबारे जानकारी लिन सकिने बताए । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका सहजकर्ताहरू बुद्धिप्रसाद घिमिरे र सन्तलाल श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस