१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली पछि सुदूरपश्चिम अभियानमा राप्रपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली पछि सुदूरपश्चिममा अभियान सुरु गर्ने भएको छ । सल्यानको सल्लिबजार देखी मुगुको गमगढीसम्म कार्तिक ६ देखी ११ गतेसम्म कर्णाली अभियान चलाएको थियो ।

कर्णाली अभियानबाट राप्रपा उत्साहित भएको छ । तुलनात्मक रूपमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा राप्रपाको जनमत कमजोर छ । त्यसलाई मध्यनजर गर्दै राप्रपा नेतृत्व पश्चिमी भेगमा केन्द्रित भएको पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले जानकारी दिए ।

राप्रपाको देशभर लहर आइरहेको छ, उनले भने ‘काँग्रेस, एमाले र माओवादीबाट देश अगाडि नबढ्ने मनस्थितिमा हामी पहिल्यै पुगिसकेका हौँ ! अहिले जनस्तरमा सो कुरा स्थापित हुदैछ । त्यसलाई अझ मजबुत र राजनीतिक तवरले स्थापित गर्न काठमाडौँ बसेर हुँदैन तल्लो तहमा गएर जनताको समर्थन लिएर मात्र सकिन्छ हाम्रो बुझाइ हो ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सुदूरपश्चिम यात्रामा मंसिर ३ गते बाजुराको कोल्टीबाट सुरुवात हुँदैछ । उक्त अभियान ४ गते अछामको मंगलसेन, ५ गते डोटी ,६ गते कञ्चनपुर ,७ गते कैलाली, साडेपानिमा गएर समापन हुनेछ ।

राप्रपाले उठाइएका एजेन्डाप्रति राजनीतिक वृतमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । एसिया महादीपमा विश्व शक्ति केन्द्रित हुदैछ, नेपाल भूराजनीतिक तवरले अत्यन्तै संवेदनशील बन्दै छ जसका कारण देशको राजनीति आन्तरिक र बाहिरी दुवै तिर संकटतर्फ उन्मुख भएको बेला राप्रपाको नेतृत्व र विचारमार्फत सही निकास दिन सकिने राप्रपाले जनाएको छ ।

प्रजातान्त्रिक र देशभक्त पार्टी राप्रपाले जनताको विश्वास र समर्थन प्राप्त गर्न अभियान चलाइरहेको हो ।

प्रतिक्रिया दिनुहोस