२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाद्वारा कमलपोखरीमा छठ पर्वको तयारी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरेको छ ।

पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अर्घ्य दिन घाटलाई व्यवस्थित गरिएको हो । करिब पाँच सय बर्तालुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलिमिली बत्तीहरू सजाइएको छ । 

काठमाडौँ महानगरपालिका-१ मा पर्ने उक्त पोखरीमा  स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका-१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुको भीड व्यवस्थापन साथै सहजीकरणको लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

काठमाडौँ महानगरपालिका-१ का वडा सदस्य रोशन श्रेष्ठले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई व्यवस्थित गरिएको जानकारी दिए ।  

भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई पूजामा सहभागिताका लागि यही कात्तिक २२ गते साँझ निमन्त्रणा गरिएको छ । 

स्थानीय संघ संस्थाको समन्वय तथा हिमालयन अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुले  अस्ताउँदो सूर्यलाई अर्घ्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस