काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि उनको मंगलबार रगत जाँच गरिएको थियो ।
डेंगु भएको आशंकामा उनको रगत जाँच गर्दा डेंगु भने नदेखिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
ज्वरो आएर अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्य लाभ गरिरहेका छन् ।