Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


२० कार्तिक २०८१, मंगलबार


किमाथांका (संखुवासभा) । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोटखोला-२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । 

अठार घण्टा लामो प्रसूति व्यथा लागेर चेपुवा स्वास्थ्यचौकी भर्ना भएकी ३५ वर्षीया राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिइन् । 

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ ।

यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रूपमा निकै विकट मानिन्छ । प्रसूति व्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौँ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताइन्। 

जिल्लामा पछिल्लो समय गर्भवती तथा सुत्केरीको उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको छ । 

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दो प्रसूति सेवा छैन । जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन । 

गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत विसं २०७७ देखि हालसम्म २० जना बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । उद्धार गरिएका १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस