Logo २१ मंसिर २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुदूरपश्चिम यु-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश


१८ कार्तिक २०८१, आइतबार


काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै ८ अंकका साथ सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

सुदूरले अब उपाधिका लागि बुधवार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरले अब लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरको मेर्लिबोनज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ५० निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ओभरमा सबै विकेट गुमाई १ सय १९ रन बनायो ।

बागमतीका रोशन विश्वकर्मालेअविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए । सुदूरका यूवराजखत्रीले सर्वाधिक ५ विकेट लिए ।

उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए । उनी खेलको प्लेयर अफ द म्याच समेत भए । १ सय ३० रनकोविजयी लक्ष्य पाएको सुदूरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो ।

सुदूरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए। बागमतीका दीपक सेरलाले सर्वाधिक २ विकेट लिए । सुदूरले खेलेको ५ खेलमा ४ माजित निकाल्दै ८ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने बागमतीले खेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथमा चौथो स्थानमा रहेको छ ।

आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सबै विकेट गुमाई १सय १ रनको योगफल बनायो । कर्णालीका अरविन्द्य खत्रीले सर्वाधिक ४६ रन बनाए ।

गण्डकी प्लेयर द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै१९ रन दिए । १ सय २ रनको लक्ष्य पाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । गण्डकीका रोहितअन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए । कर्णालीका युनिषठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए ।

गण्डकीले सबै ६ खेल खेल्दा ३ माजित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोतिाबाट बाहिरिएको छ भने कर्णालीलेखेलेको ५ खेलमै पराजित भई लिगको पुछारमा रहेको छ । सोमबारको खेलबैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेस प्रदेश तथामेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूर प्रदेशबिच खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस