काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभ साइतमा टीका लगाएका छन् ।
प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटिका लगाएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइत पछि पनि दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।