काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले चाडपर्वको बेलामा लाग्ने मेलाहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
शुक्रबार पर्सामा आयोजित एक कार्यक्रममा उनले चाडपर्वका बेलामा लाग्ने मेलाहरूमा बिक्री वितरणमा राखिने विभिन्न किसिमका सामानहरूमा स्थानीय स्वदेशी उत्पादनको सामानहरू बढी राख्नुपर्ने कुरामा जोड दिएका हुन्।
उनले आयातलाई प्रतिस्थापन गर्नको लागि स्वदेशी कच्चा पदार्थले उत्पादन गरिएको सामान बिकी गर्न व्यवसायीहरूसँग अनुरोध गरेका छन्।